बुधबार, ५ वैशाख २०८१

स्मार्टडोको “डोको झमझम अफर”

समयपोष्ट २०७५ असार ३२ गते १२:३१

मनसुनको आगमनसंगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ५०५ सम्मको छुट सहित “डोको झम झम अफर” अभियान, यहि जुलाई १६ देखि २६ सम्म लागु गर्ने भएको छ्र ।

Advertisement

स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।

यो अफरले बर्षायाममा अत्यावस्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमा अति उत्तम छुट दिदैछ । मनसुनको अफर संगै स्मार्टडोकोले लिवाइज, एडिडास, टोनी मोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठुला ब्र्यांडका सामानहरुमा भारि छुट दिदैछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उप उत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ । ढिलो नगर्नुस !! आफुलाई चाहिएका सामानहरु यहि जुलाई २६, २०१८ भन्दा अगाडी स्मार्टडोको संग खरिद गर्नुस ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री