शुक्रबार, ७ वैशाख २०८१

पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपिओ आजबाट खुल्यो

समयपोष्ट २०७५ साउन १ गते ५:००

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर जारी गरेको छ । कम्पनीले मंगलबारबाट जारी गरेको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने सकिने छ ।

Advertisement

एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कूल निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

बाँकी रहेको १० लाख एक हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । कम्पनीले साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।

यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । अहिले थप ११ लाख कित्ता शेयर सर्वसाधारको लागि निष्कासन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री