शुक्रबार, १४ वैशाख २०८१

सरकार र केसी पक्षबीच वार्ता: यस्ता छन् दुवै पक्षको अडान

समयपोष्ट २०७५ साउन २ गते १:५२

सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसी पक्षबीच मंगलबार दुई चरणमा वार्ता भए पनि कुनै समझदारी हुन सकेन । आजको नयाँ पत्रिकामा खबर छ,सोमबार पनि दुई पक्षबीच छलफल भएको थियो । दुवै पक्ष आ-आफ्नो अडानबाट टसमस भएका छैनन् । एकले अर्कोलाई गलाउने रणनीतिमा दुवै पक्ष देखिन्छन् ।

Advertisement

पेन्डुलम बनाउन खोजियोः केसी पक्ष

सरकारी वार्ता टोलीसँग तीन चरण वार्ता गरिसकेको डा केसी पक्षले वार्ता सकारात्मक दिशामा अगाडि नबढेको बताएको छ । केसीका मागबारे सरकार पक्ष कुरै गर्न नचाहने र अनशन तोडाउन मात्रै केन्द्रित रहेको उसको आरोप छ । वार्ताका नाममा सरकारले आफूहरूलाई अलमल्याएर ‘पेन्डुलम’ बनाउन खोजेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए । उनका अनुसार सरकारी पक्षले डा। केसीलाई सत्याग्रहीका रूपमा नभएर बिरामीका रूपमा मात्रै हेरेको छ ।

व्यक्तिको स्वास्थ्यलाई पहिलो महत्वः सरकार

सरकारी वार्ता टोलीले भने डा. केसीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अडानलाई निरन्तरता दिएको छ । सोमबारजस्तै मंगलबारका दुईवटै वार्तामा टोली सदस्यहरूले डा. केसीलाई पहिले जुम्लाबाट काठमाडौं ल्याएर उपचार गर्नुपर्ने प्रस्ताव गरे । त्यसपछि माग सम्बोधनबारे छलफलमा जान सकिने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री