शुक्रबार, १६ चैत २०८०

सबैको रोजाइमा अरनिको इन्टरनेसनल कलेज

समयपोष्ट २०७५ साउन २ गते ३:५९

दीपक निरौला, डाइरेक्टर

Advertisement

गत शैक्षिक शत्रदेखि बर्नहार्ट कलेजकै व्यवस्थापन तथा सेवा–सुविधा र विशेषतासहित अरनिको इन्टरनेसनल कलेज सञ्चालन हुँदै आएको छ । यस कलेजले अवलम्बन गरेको महत्वपूर्ण पद्धति भनेकै विद्यार्थीकेन्द्रित पठन–पाठन पद्धति हो । यहाँ बीस वर्षदेखि अध्यापन पेसामा रहेका शिक्षकहरू हुनुहुन्छ । यस संस्थाले स्कुलतर्फ नर्सरीदेखि कक्षा १० सम्म माध्यमिक तह, कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र मानविकी शिक्षा प्रदान गर्दै आइरहेको छ ।

विश्व बजारमा उपलब्ध युग सुहाउँदो उच्चस्तरीय शैक्षिक कर्यक्रमहरूलाई कलेजमा भित्र्याएर आफना विद्यार्थीहरूलाई अब्बल र सक्षम तुल्याउनेतर्फ कलेज निरन्तर प्रयत्नशील छ । सम्भवतः यसै कारणले हुन सक्छ, यो कलेज निरन्तररूपमा विद्यार्थी र अभिभावकहरूको रोजाइमा परेको छ । सञ्चालन भएको पहिलो वर्षमै यस अरनिको इन्टरनेसनल कलेज ताल्छिखेल, ललितपुरमा अध्ययनरत छात्र मनीष शर्मा तिमिल्सिनाले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा ११ को वार्षिक परीक्षा २०७४ मा विज्ञान सङ्कायतर्फ आउनस्टान्डिङ रिजल्ट प्राप्त गर्न सफल हुनुले पनि आफ्नो अब्बलता र सक्षमतालाई प्रमाणित गर्दछ ।

अहिलेको समयमा साइन्स पढेर प्लस टु पास गरेर मात्र हुँदैन । भोलि मेडिकल, इन्जिनियरिङलगायतका क्षेत्रमा जाँदा कत्तिको सक्षम भएर विद्यार्थी बाहिर निस्किन्छन् भन्ने कुराहरूको लागि हामीले यस कलेजमा प्रि–मेडिकल, प्रि–इन्जिनियरिङ कक्षाहरू गराउने गरेका छौँ । बाहिर इन्ट्रान्सको तयारी कक्षा लिने शिक्षकहरू नै यस कलेजमा पढाउनुहुन्छ । उहाँहरूलाई रेगुलररूपमा हामीले कक्षामा समावेश गराएका हुन्छौँ ।

हामी हरेक हप्ता परीक्षा सञ्चालन गर्छौं । मेडिकल, इन्जिनियरिङ, होमवर्क असाइनमेन्ट क्लास, होमवर्क चेक गर्ने क्लास राख्छौँ । साथै, कमजोर विद्यार्थीहरूका लागि ट्युटोरियल क्लास पनि राख्छौँ । यही कारणले गर्दा एभरेजको विद्यार्थी लिएर पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हाम्रो मुख्य फोकस भनेको विद्यार्थीहरूको पढाइ नै हो । त्यसका लागि हामी विद्यार्थीहरूलाई पारिवारिक वातावरण दिन्छौँ । विद्यार्थीसँग घुलमिल हुन्छौँ । अहिलेको विश्व बजारमा विद्यार्थीहरूले पढेर मात्र हुँदैन । नेतृत्व विकास पनि त्यत्तिकै जरुरी छ । त्यसैले विश्व बजारलाई हेरेर हामी विद्यार्थीहरूलाई शिक्षा दिन्छौँ ।

घरको जस्तै वातावरण पाएँ
मनीष शर्मा तिमिल्सिना
वोर्ड टपर, कक्षा ११, विज्ञान सङ्काय, २०७४

अरनिको कलेजमा कसरी आइपुग्नुभयो ?

कलेजमा फर्म भर्न आउँदा यस कलेजमा पारिवारिक वातावरण महसुुस गरेँ । शिक्षकहरूले पनि के पढ्दा भविष्यमा राम्रो गर्न सकिन्छ भन्ने सुझाव दिनुभयो । अनि यही कलेजमा भर्ना भएँ ।

यहाँ पढ्दा कस्तो अनुभव गर्नुभयो ?

मलाई यो कलेज भन्दा पनि घर जस्तो लाग्छ । यहाँको वातावरण नै यस्तै छ । कलेजले लिने परीक्षाहरूमा कम नम्बर आउँदा, कक्षामा पनि हरेक समय सजग गराउने । अर्को मुख्य कुरा भनेको पहिले हामी पढेको विद्यालयको प्रिन्सिल, कलेजको प्रिन्सिपल र अभिभावकको यस कलेजसँग त्रिकोणात्मक सम्बन्ध हुने गरेको छ । यसले पढ्नुपर्छ है भन्ने भावनाको विकास गराएको छ । साथै, आत्मबल पनि बढाएको छ । यहाँ पढ्ने सबै विद्यार्थीहरूमा जीवनमा केही गर्नुपर्छ है भन्ने भावना छ । साथीहरू सबै त्यस्तै भेट्टाएको छु । यहाँ कुलतमा फसेका विद्यार्थी कोही छैनन् । त्यसैले यहाँ पढ्दा धेरै कुरा सिक्ने मौका मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री