शनिबार, ८ वैशाख २०८१

विद्यार्थीहरूले देखेका सपना साकार बनाउनुु हाम्रो दायित्व हो

समयपोष्ट २०७५ साउन २ गते ४:०२

थानेश्वर बस्याल
डाइरेक्टर एड्मिनिस्टेसन, पेन्टागन इन्टरनेसनल कलेज

Advertisement

पेन्टागन इन्टरनेसनल कलेज स्थापना भएको दश वर्ष पूरा भएको छ । विशेष गरी विदेशमा उपलब्ध हुने शिक्षा नेपालमै विद्यार्थीहरूलाई दिने उद्देश्यले यस कलेजको स्थापना गरिएको हो ।

अहिलेको २१औँ शताब्दीमा विद्यार्थीहरूले विद्यालय शिक्षा पूरा गरिसकेपछि उसले जुन लक्ष्य र सपना बोकेको छ, त्यो शिक्षा लिन सक्षम हुनुपर्छ भन्ने मान्यताका साथ हामीले हाम्रो शिक्षण पद्धतिलाई अगाडि बढाएका छौँ । त्यसका कतिपय कुराहरूमा हामी सफल पनि भएका छौँ । हाम्रो कलेजप्रति विद्यार्थीहरूको प्रतिक्रिया पनि हामीले राम्रो पाएका छौँ । अहिले भर्खरै मात्र एसईईको नतिजा प्रकाशित भएको छ । हाम्रो कलेजमा फर्म लिन आउने प्रत्येक विद्यार्थीहरूलाई हामीले तिम्रो भविष्यका योजना के भनेर सोध्ने गरेका छौँ । सबैको डाक्टर, इन्जिनियर बन्ने सपना छ । हाम्रो कलेजको मुख्य दायित्व भनेको ती विद्यार्थीहरूलाई उनीहरूले देखेका सपना साकार बनाउन सक्षम बनाउनु नै हो । हामी विद्यार्थीहरूलाई खालि पास गर्न मात्र पढाउँदैनौँ । नारामा सत्प्रतिशत नतिजा ल्याउन सफल भन्नु मात्र पेन्टागनको उद्देश्य होइन ।

अर्को पेन्टागनको शिक्षणशैली पनि अन्य कलेजभन्दा फरक छ । हामी नोट लेखाएर, विद्यार्थीलाई घोकाएर पास गराउने भन्दा पनि कुनै पनि विषयवस्तुलाई प्रयोगात्मक तरिकाबाट, देखाएर र प्रत्यक्ष अनुभव गराएर अध्यापन गराउने प्रणाली यस कलेजमा भित्र्याएका छौँ । जस्तो– विद्यार्थीले कुनै एउटा विषय पढिसकेपछि त्यसबाट आउने क्रिया–प्रतिक्रियादेखि लिएर त्यसले व्यवहारिक जीवनमा, समाजमा के–के परिवर्तन ल्याउन सक्छ, भन्ने कुराहरु जोडेर विद्यार्थीहरूलाई पढाउँछौँ ।

राम्रो कलेज हुनका लागि भवन मात्र राम्रो भएर हुँदैन । त्यो कलेजको नतिजा कस्तो छ, त्यस कलेजबाट पासआउट भएका विद्यार्थीहरू कहाँ के गर्दैछन्, छात्रवृत्तिमा नाम निकाल्न कति सफल भए, टिचर टिम कस्तो छ, कुन क्वालिटीका टिचर टिमहरू छन् लगायतका यावत् कुराहरूमा विद्यार्थीहरूले ध्यान दिनुपर्छ ।

हाम्रो कलेजमा एउटा फिजिक्स अथवा केमेष्ट्रीलाई मात्र हप्ताको दुई पटक प्राक्टिकल गराउँछौँ । पेन्टागन कलेजले कहिल्यै पनि विद्यार्थीहरूलाई धोका दिँदैन, गद्दारी गर्दैन । हामीले २१आँै शताब्दीका विद्यार्थीको भविष्य निर्माण गर्दैछौँ । साइन्स टेक्नोलोजीका विषयहरू जति विद्यार्थीहरूलाई प्रयोगात्मक तरिकाले पढाइन्छ, ऊ त्यति नै सक्षम हुन्छ । सैद्धान्तिक रूपमा घोकाएर मात्र काम छैन । अन्य कलेजभन्दा पेन्टागन यस अर्थमा पृथक छ ।

हाम्रो कलेज रोबर्ट कम्पिटिसनमा लगातार ५ वर्षदेखि प्रथम भइरहेको छ । यहाँ मात्र होइन, भारतमा पनि हाम्रो कलेजका विद्यार्थी रोबोट कम्पिटिसनमा दोस्रो भएर आए । भारत भनेको नेपालभन्दा कैयौँ गुणा ठूलो छ । त्यहाँ गएर नेपालका विद्यार्थी दुई वर्षअगाडि दोस्रो भएर आउनु भनेको सामान्य कुरा होइन । यसको मतलब हाम्रो कलेजमा विद्यार्थीहरूलाई सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक शिक्षामा बढी जोड दिइन्छ । हाम्र्रा होटल म्यानेजमेन्टका विद्यार्थीहरू पाँचतारे होटलमा गएर तालिम लिन्छन् । विद्यार्थीहरूलाई अहिलेदेखि नै टे«न बनाइयो भने भविष्यमा उनीहरूलाई सेट हुन गाह्रो हुँदैन । त्यस कारण कलेज छान्दा विद्यार्थीहरूले धेरै विवेक पु¥याउन अति जरुरी छ । विज्ञापन, साथीको लहैलहैमा अथवा अहिलेको विभिन्न किसिमको दलाली प्रथाको माध्यममा मात्र भर पर्नुहुँदैन भन्ने हाम्रो भनाइ हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री