शुक्रबार, १४ वैशाख २०८१

प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट दिनु नै रिलायन्स कलेजको महत्वपूर्ण पक्ष हो

समयपोष्ट २०७५ साउन २ गते ४:०५

रवीन्द्रजङ्ग थापा
प्रिन्सिपल, रिलायन्स एजुकेसन नेटवर्क

Advertisement

रिलायन्स एजुकेसन नेटवर्क २०५० सालमा स्थापना भएको हो । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रिलायन्स एजुकेसन एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड स्कुल र रिलायन्स कलेज सञ्चालनमा छन् । हामी आनै शैक्षिक सञ्जाल विकास गर्दै जाने क्रममा छौँ । यस नेटवर्कअन्तर्गत ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् भने ५ हजारभन्दा बढी त विद्यार्थीहरू नै छन् । यस नेटवर्कमा प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्म अध्यापन हुन्छ ।

रिलायन्स कलेजको कुरा गर्दा हामीले टीयूअन्तर्गत रहेर प्लस टु र स्नातक तहमा बीएस डब्लु प्रोग्राम, बीबीएस प्रोग्राम, बीए प्रोग्रामहरू सञ्चालन गरिरहेका छौँ । स्नातकोत्तरमा यस वर्षदेखि एमबीएस प्रोग्राम सञ्चालन गरिरहेका छौँ । हामीले २०६० सालबाट प्लस टु कार्यक्रम सञ्चालन गरेका हौँ । प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट दिनु नै हाम्रो कलेजको महत्वपूर्ण पक्ष हो । हामीसँग सक्षम एकेडेमिक टिम र त्यसलाई साथ दिने प्रशासनिक टिम छ । साथै, यहाँ विद्यार्थीमैत्री पूर्वाधारहरू छन् ।

नतिजासँगै विद्यार्थीहरूको वृत्ति विकासलाई पनि हामीले ख्याल गर्ने गरेका छौँ । गत वर्षको रिजल्टको कुरा गर्ने हो भने नेपालभरिका प्लस टु कलेजहरूमा हाम्रो कलेजले तेस्रो स्थान हासिल गर्न सफल भएको छ भने काठमाडौँमा पहिलो स्थान हासिल गरेको छ । विगत वर्षहरूमा पनि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएकाले हाम्रो कलेज उच्च माध्यमिक शिक्षा परिषद्बाट पनि पुरस्कृत हुन सफल भइसकेको छ । एकेडेमिक, पूर्वाधारलगायत बालबालिकाका लागि मैत्रीपूर्ण वातावरण यस कलेजका मुख्य विशेषता हुन् ।

ग्रेडिङमा अस्पष्टता

एसईईको रिजल्ट ग्रेडिङमा आएको छ । यसले विद्यार्थी र अभिभावक अलिकति अस्पष्ट भएको हो कि जस्तो देखिन्छ । तर मार्किंङ सिष्टमभन्दा ग्रेडिङ सिष्टम निकै वैज्ञानिक छ । जीपीए कम्तीमा २, साइन्स र म्याथमा सी प्लस, अनिवार्य विषयमा डी प्लस आउँदा साइन्स पढ्न सकिन्छ । वैकल्पिक विषयहरूमा फेल नै भए पनि साइन्स र म्यानेजमेन्ट पढ्न यसले रोक्दैन । सबैमा पास हुन जरुरी छैन । म्यानेजमेन्ट पढ्न पनि १.६ भन्दा माथिको जीपीए हुनुप¥यो ।

ग्रेडिङ सिष्टमले विद्यार्थीहरूलाई सजिलो बनाएको छ तर यो अलि अस्पष्ट छ । गत वर्ष र अहिलेका विद्यार्थी र अभिभावकसँग अन्तत्र्रिmया गर्दा उनीहरू अझै अन्योलमै रहेको बुझियो । यसको जटिल पक्ष भनेको पहिला ३२ आएपछि सबैले साइन्स अथवा म्यानेजमेन्ट पढ्न पाउँथे । अब अहिले ३० भन्दा माथि आउनै प¥यो । विशेष गरी विज्ञान विषयको मात्र कुरा गर्दा गणित र विज्ञानमा ५० कट्नै प¥यो । यो यसको प्रधान पक्ष हो । यो कुरा सबैले सरल ढङ्गले बुझे भने अस्पष्टता हट्छ ।

आगामी योजना

रिलायन्सको एकेडेमिक र व्यस्थापन टिमले शैक्षिक क्षेत्रमा नै काम गर्दै जाने प्रतिबद्धता जनाएको छ । विद्यार्थी मात्र होइन, अभिभावकहरूलाई पनि शिक्षा क्षेत्रका बारेमा शैक्षिक कार्यक्रमहरू अगाडि बढाउँदै जानुपर्छ भन्ने हामीलाई लागेको छ ।
गुणस्तरको कुरामा शैक्षिक क्षेत्रमा राम्रो नतिजा दिएर मात्र होइन कि विद्यार्थीहरूलाई कसरी प्रतिभावान्, असल बनाउने, उनीहरूको सिर्जनशीलतालाई कसरी प्रष्फुटन गराउने, मानवीय शिक्षा कसरी दिने भन्ने कुरामा हाम्रो पहल सधैँ रहने छ । साथै, थप कार्यक्रमको रूपमा बीसीए प्रोग्राम, बीबीए प्रोग्राम, बीएचएम प्रोग्राम सञ्चालनको तयारी गर्दै छौँ । विद्यालय तहको क्षेत्रमा आधारभूत शिक्षा दिने खालको विद्यालय अझ आवश्यक छ भन्ने हिसाबले योजना बनाइरहेका छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री