बुधबार, १२ वैशाख २०८१

विद्यार्थीले आफ्नो लक्ष्यअनुसारको विषय छनोट गर्नुपर्छ : डा. बबिन पोखरेल

समयपोष्ट २०७५ साउन २ गते ४:१२

डा. बबिन पोखरेल
फाउन्डर डाइरेक्टर, भीएस निकेतन कलेज

Advertisement

भीएस निकेतन कलेजको इतिहास निकै पुरानो छ । यो सञ्चालनमा आएकै ३८ वर्ष भइसकेको छ । अहिले हामीले २३औँ व्याचलाई अध्यापन गराइरहेका छौँ । हालसम्म हाम्रो कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको छ । यस कलेजको सञ्चालक पनि धेरै हुनुहुन्न । मैले आफँै यस कलेजलाई सञ्चालन गरिरहेको छु । यहाँका शिक्षकहरू निकै अनुभवी र पुराना हुनुहुन्छ ।

अर्को, हामीले यस कलेजमा समयसापेक्ष नयाँ–नयाँ प्रणालीहरू भित्र्याइरहेका छौँ र त्यहीअनुसार विद्यार्थीहरूलाई सिकाउने गरेका छौँ । कलेजमा विद्यार्थीहरूले सबै किसिमका सेवा–सुविधाहरू प्राप्त गर्न सक्छन् । साथै, सबै किसिमका भौतिक पूर्वाधारहरूबाट यो कलेज सुसम्पन्न छ ।

विद्यार्थीलाई सुझाव

एसईईमा ए प्लस अथवा ए आयो भन्दैमा विद्यार्थीहरूले लहलहैमा आफ्नो क्षमताभन्दा बाहिरको विषय पढ्न भर्ना हुने गरेको पाइन्छ । अथवा विज्ञान विषय नै पढ्ने भन्ने छ । यसले विद्यार्थीहरूलाई दीर्घकालीनरूपमा असर गर्छ । पहिलो आफ्नो क्षमताभन्दा बाहिरको विषय पढ्दा राम्रो नतिजा ल्याउन सक्दैन भने समय पनि नाश हुन्छ । त्यस कारण विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको विषय रोज्नुपर्छ । अभिभावकहरूले पनि छोरा–छोरीलाई विषय छनोट गर्ने कुरामा दबाबभन्दा पनि सहयोगी भूमिका खेल्नुपर्दछ । जीवन उपयोगी शिक्षाका लागि विद्यार्थीहरूलाई प्रेरित गर्नुपर्छ ।

विद्यार्थी र अभिभावकले कस्तो कलेज रोज्ने, त्यसमा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ । कलेजका सञ्चालक, त्यसको ऐतिहासिक पृष्ठभूमि, कलेजको भौतिक पूर्वाधारहरू, अतिरिक्त क्रियाकलापहरू, हरेक वर्ष त्यस कलेजले ल्याउने नतिजा र कलेजका पूर्वविद्यार्थीहरूको अवस्था ती सबै कुराहरूबारे पूर्ण जानकारी लिएर कलेज छनोट गर्दा पछि पछुताउनुपर्ने अवस्था रहँदैन । एसईईमा सफल भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आफ्नो लक्ष्य के हो, त्यहीअनुसारको विषय छनोट गरेर अगाडि बढ्न सुझाव दिन चाहन्छु । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री