शनिबार, १५ वैशाख २०८१

स्रोत र आवश्यताको आधारमा पाठ्यक्रम बन्नुपर्छ : डा. राजेन्द्र केसीको अन्तर्वार्ता

समयपोष्ट २०७५ साउन २ गते ४:१९

डा. राजेन्द्र केसी, क्याम्पस चिफ, साउथ वेष्टर्न स्टेट कलेज

Advertisement

पाठ्यक्रम र सिकाइ विधिको हिसाबामा हाम्रो कलेज र अन्य कलेजहरू करिब–करिब उस्तै हुन् । जुनसुकै कलेजमा जाँदा पनि त्यहाँ अध्यापक र विद्यार्थी दुवै नेपाली नै भेटिन्छन् । तर साउथ वेष्टर्नको मुख्य पाटो भनेको नेपाल सरकारले दिएको पाठ्यक्रममा मात्र आधारित भएर विद्यार्थीलाई सिकाउँदैनौँ । हामी विद्यार्थीहरूलाई उनीहरूको करिअर, भविष्यका योजना, रिसर्च एन्ड डिभलप्मेन्ट, योगा क्लास, प्रिजेन्टेसन क्लास, राष्ट्रिय र अन्तर्राष्ट्रिय भिजिट गराउँछौँ । विद्यार्थीहरूले नम्बर मात्र धेरै ल्याएर भएन, त्यसकारण उनीहरू विश्वको कुनै पनि मुलुकमा गएर गरिखान सक्ने हुनुपर्यो । त्यो शिक्षा हामी दिन्छौँ । आज विज्ञान पढेका विद्यार्थी व्यवस्थापनमा र व्यवस्थापन पढेका विद्यार्थी विज्ञान क्षेत्रमा काम गर्न सकून् । कुनै पनि सेक्टरमा काम गर्न सक्ने विद्यार्थी बनाउन यस कलेजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

भिजिट गरेर मात्र निर्णय गरौँ

कलेज छान्नुभन्दा पहिले अभिभावकले कलेजको विषयमा राम्ररी बुझ्नुप¥यो । त्यसका लागि मुख्य काम भनेको कलेज भिजिट नै हो । हाम्रो कलेजको विषयमा भन्नुपर्दा सबैभन्दा पहिले त म कलेजमै आउनुहोस् भन्न चाहन्छु । त्यसपछि कलेजको पृष्ठभूमि, विद्यार्थी पासआउट प्रतिशत, एकेडेमिक साथसाथै ननकेडेमिक कामहरू हाम्रो कलेजले कति गरेको छ, त्यसमा विदेश भ्रमण, स्वदेशकै विभिन्न स्थानको अवलोकन होलान् । अर्को, नेपाल सरकारले सिभिक एजुकेसनको काम गर भनेको छैन तर हाम्रो कलेजले सिभिक एजुकेसनको क्लास दिने गरेको छ । साथै, होमवर्क, नोट कपि चेकिङलगायतका कुराहरू त झन् छँदै छन् ।

हाम्रो कलेजमा पढेका कुनै पनि विद्यार्थी विश्वको कुनै पनि कलेजमा गएर सजिलै पढ्न सक्छ । आत्मकेन्द्रित, विद्यार्थीकेन्द्रित, आत्मअनुशासन र आफैँ दिगो हुने खालको शिक्षा हामी विद्यार्थीहरूलाई दिन्छौँ । जागिर खोज्दै भौँतारिने भन्दा पनि एउटा राम्रो उद्यमी कसरी बन्ने भन्ने खालको शिक्षा हामी दिन्छौँ ।

अर्को, हामीसँग राम्रा भौतिक पूर्वाधारहरू छन् । हुन त पूर्वाधारहरू किन चाहियो, राम्रो शिक्षा दिए भइहाल्यो भन्ने पनि होला तर म त्यो मान्दिनँ । विद्यार्थी छ–सात घन्टा कलेजमा बस्दा राम्रोसँग बस्ने वातावरण त्यहाँ हुनुपर्यो। सुविधासम्पन्न कक्षाकोठा, भूकम्प प्रतिरोधी भवन अथवा भूकम्पपछि बस्न मिल्ने सुरक्षित स्थान कलेजमा हुनुपर्यो । हामीसँग विश्वस्तरको विज्ञान प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, कम्प्युटर ल्याब, लाइब्रेरी रहेका छन् । यस कलेजमा पढेका विद्यार्थीका लागि विदेशी प्रयोगशालाहरू नौला हुँदैनन् । यी विषयको बारेमा बुझ्न विद्यार्थी र अभिभावकहरू एक पटक कलेज नै आउँदा अझ प्रष्ट हुन्छ । यी विषयको बारेमा विद्यार्थीले हाम्रो वेभसाइटबाट पनि जानकारी लिन सक्छन् ।

अहिले कैयौँ कलेजहरूले नाम र ठाउँ परिवर्तन गरेका छन् । कतिपय बिक्री भएका छन् । तर हाम्रो कलेजमा त्यो समस्या हुने छैन । हाम्रो आफ्नै भवन छ । पासआउटको हिसाबमा ९८ प्रतिशत पासआउट रिजल्ट छ । त्यसकारण साउथ वेष्टर्न कलेज रोज्ने निर्णय विद्यार्थीका लागि सही र उपयुक्त हुनेछ ।

जीपीएको अलमलमा नपरौँ

नेपालमा जीपीए सिष्टमलाई नौलो र मेजर ठानिएको छ । तर अन्य मुलुकमा या भनौँ संसारमा यो अनौठो विषय होइन । नेपालमा पनि अब यसलाई नौलो नठाने हुन्छ । हाम्रो विद्यालयमा मात्र जीपीए ४ ल्याउने चार जना विद्यार्थीहरू छन् । नेपालमा जीपीए ४ ल्याउने मात्र २४ विद्यार्थीहरू छन्् ।

हाम्रो देशमा विद्यार्थी र अभिभावकहरू यो विषयमा युज टु नभएको हुँदा यसलाई अनौठोरूपमा लिएको मात्र हो । आजसम्म हाम्रा विद्यार्थीहरूले पढेका कुरा त आखिर तिनै हुन् । पहिले प्रतिशतमा थियो, अहिले त्यसलाई ग्रेडिङमा ल्याइएको मात्र न हो ।

हाम्रो देशमा सबैले एउटै खालको शिक्षा लिँदै आए । मानिसहरू क्रियटिभ नै भएनन् । क्रिएटिभ हुन्थे भने विज्ञान पढेकाले व्यवस्थापन र व्यवस्थापन पढेकाले विज्ञानको काम गर्न सक्थे । समस्या आएकै यसरी हो । मानिस माइक्रोलेबलमा मात्र केन्द्रित भयो । विविध हुन सकेन । मानिसले सिक्ने र सिकाउने कुरालाई निरन्तरता दिइरह्यो भने यो विषयमा अलमलिनुपर्दैन ।

शिक्षालाई व्यवहारिक बनाऔँ

शिक्षाको नाममा अर्बौं रूपैयाँ हरेक वर्ष बाहिर गएको छ । बैङ्किङ च्यानलबाट गएको देखिएको छ तर घरखेत बेचेर गएको कसैले देखेको छैन । त्यसकारण शिक्षामा केही गर्ने नै हो भने सबैभन्दा पहिले पाठ्यक्रम नै परिवर्तन गर्नुपर्छ ।

नेपाल सरकारकै पाठ्यक्रममा पहिले साइन्स, म्यानेजमेन्ट अनि त्यसपछि केहीले ह्युम्यानिटिज पढ्छन् । त्यसकारण सबैभन्दा पहिले पाठ्यक्रम ल्याउनुप¥यो । नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन, कृषिलगायतको प्रचुर सम्भावना छ । यी विषयका पाठ्यक्रमहरू बनाउनुप¥यो । स्रोत र आवश्यताको आधारमा पाठ्यक्रम बन्नुप¥यो । यो हुने हो भने देशले आर्थिक विकास गर्छ । देशको अर्थतन्त्र राम्रो हुनका लागि त्यहाँको विश्वविद्यालय राम्रोे हुनुपर्यो ।समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री