शुक्रबार, १४ वैशाख २०८१

सौर्य उर्जामा २० अर्ब विदेशी लगानी स्विकृत,काठमाडौंको फोहर व्यवस्थापनको जिम्मा नेपवेस्टलाई

समयपोष्ट २०७५ साउन २ गते ५:०२

सरकारले काठमाडौं महानगर सहित १० नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको बैठकले काठमाडौंको एकीकृत फोहरमैला व्यवस्थापनको लागि नेपवेस्ट प्रालिलाई दिने निर्णय गरेको हो ।

Advertisement

बैठकले नेपवेस्टसँग गर्न लागिएको परियोजना विकास सम्झौता(पिडिए)लाई स्विकृत गरेको छ । पहिलो चरणमा काठमाडौं
महानगरपालिका,दक्षिणकाली,चन्द्रागिरि,नागार्जुन,तारेश्वर,टोखा,बुढानिलकण्ठ,गोकर्णेश्वर,कागेश्वरी मनोहरा तथा शंकरापुरा नगरपालिकाको फोहर व्यवस्थापन गर्ने छ ।

यस्तै लगानी बोर्डको बैठकले सौर्य उर्जामा डोल्मा फण्ड म्यानेजमेन्टले ल्याउन लागेको २० करोड अमेरिकी डलर बराबरको लगानीलाई स्विकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री