शुक्रबार, १६ चैत २०८०

एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

समयपोष्ट २०७५ साउन ३ गते १:५१

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ ।

Advertisement

आजको कान्तिपुरमा खबर छ,बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।

विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् ।

सन् २०२० देखि एसईईमा प्रश्नपत्र बैंकबाट सोध्ने गरी तयारी अघि बढेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री