शुक्रबार, १६ चैत २०८०

सञ्चालनमा रहेका यी मेडिकल कलेजले पाएनन् विद्यार्थी

समयपोष्ट २०७५ साउन ३ गते २:२१

नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै कलेजले भारतबाट विद्यार्थी ल्याएर पढाउने गरेका छन् ।

नेसनलले नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको र जानकीले भारतीय विद्यार्थी समेत नपाएर ३५ सिट खाली राखेको छ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्धयन संस्थान (आइओएस) महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् ।

प्रवेश परीक्षमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाइै कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन् । तर, कलेजको गुणस्तरमा विश्वास नलागेकाले नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री