शनिबार, ८ वैशाख २०८१

यस्ता छन् एसएलसी सुन्दरीका योजना

समयपोष्ट २०७५ साउन ५ गते ४:१७

यस वर्षकी एसएलसी प्रिन्सेस रुची धिताल साइन्समार्फत् आफ्नो करिअर अगाडि बढाउन चाहन्छिन् । धनकुटाको तुलसीमेहर स्कुलबाट एसईई दिएकी उनले एसईईमा ३.५५ जीपीए ल्याउन सफल भइन् ।

Advertisement

स्कुल पढ्दादेखि नै एउटा सफल इन्जिनियर बन्ने सपना बोकेकी उनी भन्छिन्– ‘मलाई स्कुल पढ्दादेखि नै इन्जिनियरिङ फिल्ड एकदमै मन पथ्र्यो । एसईई सकाएपछि प्लस टु साइन्समा सकाएर इन्जिनियरिङ फिल्डमा जान्छु भन्ने सोचेकी थिएँ, त्यसै गर्छु ।’ उनी भन्छिन्– ‘प्लस टुमा अझै मेहनत गरेर अगाडि बढ्ने सोच छ ।’ अध्ययनसँगसँगै व्युटी कन्टेष्टहरूमा भाग लिने अवसर पाउँदा त्यस्ता प्रतियोगिताहरूमा पनि सहभागिता जनाउने उनको सोच छ ।

यसै गरी एसईई प्रिन्सेसको फष्ट रनरअप बन्न सफल गोरखाकी क्रिष्टिना वन्त म्यानेजमेन्टमा आनो करिअर बनाउन चाहन्छिन् । राजधानीको बुद्धनगरस्थित रोजबर्ड स्कुलबाट एसईई दिएकी उनले एसईईमा ३.४ जीपीए ल्याउन सफल भइन् । घर सजावटमा विशेष लगाव भएकी उनी इन्टेरियर डिजाइनिङ पढ्ने सोचमा छिन् । ‘मलाई घर, अफिस, कोठाहरू सजावटमा निकै नै रुचि छ । प्लस टुमा म्यानेजमेन्ट पढ्दा मैले रोजेको विषय पढ्न सहज हुने हुँदा म्यानेजमेन्ट नै पढ्छु’, उनी भन्छिन्– ‘एउटा सफल इन्टेरियर डिजाइनर बन्न चाहन्छु ।’ अवसर पाए अन्य सौन्दर्य प्रतियोगिताहरूमा सहभागी भएर प्रतिभा देखाउने उनी बताउँछिन् ।

एसईई प्रिन्सेसकी सेकेन्ड रनरअप पाल्मा लामा भविष्यमा राम्रो आर्किटेक्ट बन्न चाहन्छिन् । त्यसको लागि उनी ह्वाइट हाउस कलेजमा साइन्स पढ्ने योजनामा छिन् । कीर्तिपुरको पुष्प सदन बोर्डिङ हाईस्कुलबाट एसईई दिएकी उनले एसईईमा ३.९ जीपीए ल्याउन सफल भइन् । सानैदेखि आर्किटेक्चर बन्ने सोच बनाएकी उनी नेपालकै स्थापित आर्टिटेक्ट बन्न मेहनत गर्ने बताउँछिन् । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री