शुक्रबार, १४ वैशाख २०८१

पाइलटले रक्सी खाएपछि रोकियो फ्लाइ दुबईको प्लेन, यात्रु मर्कामा

समयपोष्ट २०७५ साउन १३ गते ९:०८

उड्न तयार फ्लाई दुबईको जहाज रोकिएको छ । आइतबार बिहान काठमाडौँ-दुबईका लागि उड्ने तयारीमा रहेको जहाज पाइलटले रक्सी खाएको थाहा पाएपछि रोकिएको हो ।

Advertisement

चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको जानकारी गराएका थिए । तर पाईलटले रक्सिी आएको हो वा होईन भन्ने छानबिनकै क्रममा रहेको बताइएको छ ।

विमानस्थल प्रशासनले ती पाइलटको ठाउँमा अर्को पाइलट आउनु पर्ने बताएपछि बिहान ९ः४० बजे दुबई उड्नु पर्ने फ्लाइट नम्बर एफजेड ५७६ को जहाज यो समाचार तयार पार्दासम्म विमानस्थलमै रोकिएको छ।

फ्लाई दुबईले चालक दलमा अर्को सदस्य आउने बताए पनि उडान कतिबेला हुन्छ भन्ने खुलाएको छैन् । जहाज नउडेपछि बिहानदेखि विमानस्थल पुगेका यात्रुहरू मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री