शुक्रबार, ७ वैशाख २०८१

युनाईटेड इन्स्योरेन्सको बिमा पोलिसी एन आई सी एशियाबाट खरीद गर्न सकिने

समयपोष्ट २०७५ साउन १३ गते १३:१०

एन आई सी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)बीच बैंकास्योरेन्स सम्झौता भएको छ । आईतबार भएको सम्झौतामा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

Advertisement

सम्झौताअनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको सम्पुर्ण शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

हाल बैंकले २३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री