बिहीबार, १३ वैशाख २०८१

ड्याट्सन गाडीमा एक्स्चेन्ज अफर

समयपोष्ट २०७५ साउन १४ गते ३:३२

नेपालका लागी ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले एक्स्चेन्ज योजना ल्याएको छ । कर्पले श्रावणको १० गतेदेखि १७ गतेसम्मको लागि नेपाल अधिराज्यभर एक्स्चेन्ज योजना ल्याएको जनाएको छ ।

Advertisement

मेगा एक्स्चेन्ज विक नाम दिइएको यस योजनामा ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीसँग नयाँ डाट्सन गाडी साट्न सक्नेछन् । जो कोहीलाई नयाँ गाडी चढ्ने रहर हुन्छ र त्यो रहरलाई ड्याट्सनले उच्चतम मूल्याङ्कनका साथमा पूरा गर्ने छ ।

नेपाल अधिराज्यभर रहेका आधिकारिक शोरुमहरुमा सञ्चानलन हुने एक्स्चेन्ज अफरमा ग्राहकले अन द स्पट नै आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी रु ७५,००० सम्मको एक्स्चेन्ज बोनस पनि पानेछन् ।

१,७५,००० सम्मको क्यास डिस्काउन्ट अनि अन स्पाट फाइनान्सिङ्गको सुविधा पनि प्राप्त गर्नसक्ने कर्पले जनाएको छ । हरेक गाडीमा ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म सर्भिसिङ्ग तथा १ वर्षको सडक कर पनि समावेश गरिएको छ ।

रेडि गो, गो र गो प्लस गाडीहरुमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यी गाडीका विशेषताहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री