शुक्रबार, १४ वैशाख २०८१

कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको सम्बन्धन खारेज

समयपोष्ट २०७५ साउन १६ गते ८:४८

सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठ कलेजको सम्बन्धन खारेज गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले फेसवुक स्टेटस मार्फत सो जानकारी दिएका हुन् ।

Advertisement

चितवनको भरतपुरमा रहेको सो विश्वबिद्यालयले चितवनको गैडाकोटमा २ वटा, नवलपरासीको भूमईमा १ वटा बाँकेको कोहलपुरमा १ वटा, ललितपुरमा १ वटा र अन्य ठाँउमा ३ वटा गरी ८ वटा नीजि क्याम्पसलाई सम्बन्धन दिएको थियो । यसमा ७ वटा कृषिका लागि र एउटा बन बिज्ञान विषय अध्ययनका लागि सम्बन्धन दिइएको हो ।

विश्वविद्यालयको कार्यकारी समितिले ८ वटा निजी क्याम्पसहरुलाई बिना छलफल सम्बन्धन दिएपछि विरोध शुरु भएको थियो ।

विश्वविद्यालयको कार्यकारी समितिमा उपकुलपति इश्वरीप्रसाद ढकालको संयोजकत्वमा रजिष्ट्रारसहित कृषि, बन तथा भेटेनरी संकायका ३ जना डीन र प्राध्यापकहरुको समूहबाट २ जना प्राध्यापक रहेका छन् ।

सो विश्वबिद्यालयले एक बर्ष अघि पनि निजी क्याम्पसलाई सम्बन्धन दिने तयारी गरेको थियो । तर बिद्यार्थीहरुको आन्दोलन पनि पछाडि हटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री