शुक्रबार, ७ वैशाख २०८१

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३६ प्रतिशतले बढ्यो

समयपोष्ट २०७५ साउन १६ गते १३:३४

प्राइम लाइफ इन्स्योरेन्सले ३६ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले गत आर्थिक वर्षमा २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष १५ करोड ८७ लाख रुपैयाँ थियो।

Advertisement

कम्पनीले बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदरको फाइदा उठाउदै नाफा बढाउन सफल भएको हो। विभिन्न कोष अन्तर्गतका रकम बैंक तथा वित्तय संस्थामा निक्षेप राख्ने क्रममा कम्पनीले १८ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ। गतवर्ष यस्तो आम्दानी ५ करोड ५७ लाख रुपैयाँमा सीमित थियो।

बीमा कम्पनीको नियमित आम्दानी अन्तर्गत पर्ने बीमा शुल्क आर्जन भने १६ प्रतिशतले बढेको छ। यस्तो आर्जन दुर्इ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष दुर्इ अर्ब ४ करोड रुपैयाँ थियो।

यही अवधीमा कम्पनीले ४० करोड ५६ लाख रुपैयाँ दाबी भूक्तानी गरेको छ। अघिल्लो वर्ष ३६ करोड १५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो। कम्पनीले अझै ८१ लाख रुपैयाँको दाबी भूक्तानी गर्न बाँकी छ।

बीमा समितिले दुर्इ अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिए सँगै कम्पनीले ४८ करोड ८१ लाख रुपैयाँको पूँजी एक अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री