मंगलबार, ११ वैशाख २०८१

बीमाको पहुँच ४ प्रतिशतले बृद्धि, भारत र चीनको हाराहारी पुर्याउने समितिका अध्यक्षले दिए यस्तो सुझाव

समयपोष्ट २०७५ साउन १७ गते ६:१०

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इले बीमाको पहुँच ४ प्रतिशतले बृद्धि बताएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बीमालेख सार्वजनिक समारोहमा उनले कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलव भत्ता सुविधा कम्पनीमा पुर्याएको योगदानका आधारमा पाउने भएपछि बीमा बजार बृद्धि भएको बताए ।

Advertisement

उनले तीन वर्ष भित्रमा छिमेकी देश सरह पुर्याउन बीमा कम्पनीले आकर्षक बीमा पोलिसी ल्याउनुपर्ने आवश्यकता औल्याए । उनले त्यसका लागि बीमा समिति सहजकर्ताको भुमिका निभाउन तयार रहेको जानकारी दिए ।

उनले समितिले संस्थागत शु-शासन जस्ता निर्देशिका ल्याएर बीमा बजारलार्इ पारदर्शी बनाउन सफल भएको समेत जानकारी दिए । उनले बीमा क्षेत्रमा देखिएको कर्मचारी तथा दक्ष जनशक्तिको अभाव पूर्ति गर्न बीमा तालिम केन्द्र खोलिएको जानकारी दिए ।

उनले विगतका दिनमा उजुरी परेको आधारमा मात्रै निरिक्षण सुपरीवेक्षण गर्दै आएकोमा अवका दिनमा समितिले आफैले नियमन तथा सुपरिवेक्षण गर्ने बताए । उनले त्यसको लागि नयाँ कर्मचारी नियुक्ती गरिसकेको समेत जानकारी दिए ।

उनले समितिले नयाँ बीमा कम्पनीलार्इ अनुमति दिँदै गर्दा बीमा कम्पनीहरुले नयाँ/नयाँ पोलिसी ल्याओस भन्ने चाहेको प्रस्ट पारे । नयाँ पोलिसी ल्याउँदै बीमा क्षेत्रलार्इ शसक्त बनाउन उनले कम्पनीहरुलार्इ अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री