बिहीबार, १३ वैशाख २०८१

प्राइम लाइफको ‘प्राइम जीवन बीमा उपहार’: एउटा खरीद गर्दा अर्को सित्तैमा,बोनस समेत थप हुने

समयपोष्ट २०७५ साउन १७ गते ७:०६

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ‘प्राइम जीवन बीमा उपहार’ नामक नयाँ बीमा लेख सार्वजनिक गरेको छ । कम्पनीले बुधबार नयाँ बीमालेख सार्वजनिक गरेको हो ।
‘प्राइम जीवन बीमा उपहार’ बीमालेख खरिद गर्दा बीमितले त्यतिनै बराबरको थप अर्को जीवन उपहार बीमालेख उपहारका रुपमा सित्तैमा पाउनेछन् । साथै त्यसमा बोनस समेत थप हुने छ । उपहारको रुपमा पाएको बीमालेखको बीमा शुल्क भने तिर्नु पर्दैन ।

Advertisement

१६ देखि ५४ बर्षसम्म उमेरकाले खरीद गर्न सक्ने

यो बीमालेख १६ देखि ५४ बर्षसम्मका नेपाली नागरिकले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै बीमालेख खरिद गर्दा बीमाङ्क रकम न्युनतम ५ लाख रुपैयाँदेखि सुरु हुने छ । यदि बीमितले १० लाख रुपैयाँको प्राइम जीवन उपहार बीमालेख खरिद गर्यो भने उसले एक वर्षपछि १० लाख रुपैयाँ बराबरकै अर्को बीमालेख पाउने छ । मूल बीमा लेखको बीमा शुल्क तिरेपछि उपहार स्वरुप पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन।

यदि ३० वर्षको मानिसले बीमाङ्क रकम १० लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार बीमालेख १६ वर्षमा परिपक्व हुने गरि खरिद गर्यो भने उसले वार्षिक ९१ हजार ६३० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ। मूल बीमा लेख र एक वर्ष पछि प्राप्त गरेको उपहार स्वरुप प्राप्त गरेको बीमा लेख एकै दिन परिपक्व हुन्छ।

यो बीमा लेख १६ वर्षपछि परिपक्व हुँदा बीमितले बीमाङ्क रकम र बोनस सहित ३२ लाख ५५ हजार रुपैयाँ पाउन सक्छ । यो रकम कम्पनीको बोनस दरको कारणले केहि तलमाथि हुन सक्छ।

यदि बीमितको दुर्घटना बीमा समेत लिन चाहेमा ऐच्छिक रुपमा लिन पाउँछ । यस्तो बीमा गर्दा बीमितको मृत्यु भएमा बीमितको परिवारले ५० लाख रुपैयाँसम्मको क्षतिपुर्ती पाउन सक्ने छन्। यदि बीमितको बीमा अवधि नसकिदै मृत्यु भएमा मूल बीमा लेख र उपहारस्वरुप पाएको बीमा लेखको बीमा लेख बराबरको रकम र बोनस पाउँन सक्छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री