बिहीबार, १५ चैत २०८०

फेसबुकका मुख्य सुरक्षा अधिकारीले दिए राजीनामा

समयपोष्ट २०७५ साउन १७ गते ७:२७

सन् २०१५ मा फेसबुकसँग आबद्ध भएका फेसबुकका मुख्य सुरक्षा अधिकारी एलेक्स स्टोमसले फेसबुक छोडेका छन् । फेसबुकबाट गलत सूचना सम्प्रेषण भइरहेका बेला र डेटा सुरक्षाबारे विवाद सुरु भएका बेला ३९ बर्षिय स्टोमस फेसबुकमा अनुबन्ध भएका थिए । उनले यो महिना कम्पनी छाड्ने बताईएको छ । कम्पनी छाडेपछि उनी स्ट्यानफोर्ड युनिभर्सिटीका विद्यार्थी हुनेछन् ।

Advertisement

सुरक्षा विभागमा परिवर्तन गरिएको खबर मार्चमा आएपछि उनले जागिर छोड्नु निश्चित मानिएको थियो । फेसबुकका मुख्य कार्यकारी अधिकारी शेरिल स्यान्डबर्गले एलेक्सको कम्पनीमा ‘महत्वपूर्ण भूमिका’ भएको बताएका छन् ।

न्यूयोर्क टाइम्ससँगको कुराकानीमा एलेक्स स्टोमसले फेसबुकमा आफ्नो तीन वर्षको कार्यकाललाई ‘निकै मुश्किल’ बताएका छन् । उनले भने, ‘मैले जे सिकें, त्यसलाई आत्मसात गर्दै आफ्नो अनुभवलाई उत्कृष्ट तरिकाले प्रयोग गर्नेछु ।’

एलेक्स स्टोमसले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘कुनै टेक कम्पनी जोखिमपूर्ण माहौलबाट गुज्रिरहेका बेला उत्कृष्ट सुरक्षा अधिकारीसँग काम गर्न पाएकोमा मलाई आफैंमा गर्व छ ।’

क्याम्ब्रिज एनालिटिक्सपछि आलोचनाः

स्टेनफोर्डका अनुसार एलेक्स स्टोमसले त्यो समूहलाई जोड्नेछन् जसले सूचनाको नयाँ खतरामाथि काम गरिरहेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार एलेक्स स्टोमसको स्थानमा को आउनेछन्, त्यसबारे फेसबुकले अहिले नै योजना नबनाएको बताइएको छ ।

फेसबुकले एक बयानमा भनेको छ, ‘यो वर्षको सुरुवातमा हामीले सुरक्षा इन्जिनियर, विशेषज्ञ र अन्य दक्षलाई मुख्य टीममा समावेश गरेका थियौं । उनीहरुले गत सूचना फैलाउने नक्कली अकाउन्टबारे पत्ता लगाइरहेका छन् ।’

क्याम्ब्रिज एनालिटिक्स प्रकरणपछि एलेक्स स्टोमसको अत्यधिक आलोचना भएको थियो ।

उनले आफ्नो एक ट्वीटमा आफूले थप उत्कृष्ट काम गर्न सक्ने बताएपछि नै उनले फेसबुक छोड्ने अफवाह तीब्र रुपमा फैलिएको थियो ।

फेसबुकका शेरिल स्यान्डबर्गले सुरक्षा चुनौतीसँग कसरी जुघ्ने भन्ने दिशामा एलेक्स स्टोमसले महत्वपूर्ण भूमिका निभाएको बताए ।बीबीसिबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री