शुक्रबार, ७ वैशाख २०८१

‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक

समयपोष्ट २०७५ साउन २२ गते ६:०४

सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीति भिडियो बजारमा आएको छ ।

Advertisement

चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहनुभएकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गर्नुभयो । विमोचनपछि उहाँले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

मुलुकको विकास निर्माणमा महिलाले धेरै योगदान दिन सक्छन् भन्ने सन्देश रहेको उक्त भिडियोमा भुवन चन्द, चैत्यदेवी, वसुन्धरा भुसाललगायत कलाकारले अभिनय गर्नुभएको छ । दीपक शर्माको संगीत रहेको गीति भिडियोलाई वीरेन्द्र भाटले छायाङ्कन गर्नुभएको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री