शुक्रबार, १४ वैशाख २०८१

पत्रकार सम्मेलनमा रुदैँ डा.केसीले के-के भने ?

समयपोष्ट २०७५ साउन २२ गते १०:४५

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका प्राध्यापक डा.गोविन्द केसीले राष्ट्रिय चिकित्सा विद्येयकलाई कुनै तोडमोड नगरी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

Advertisement

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी केसीले कुनै बुँदा तोडमोड नगरी चिकित्सा शिक्षा ऐन जारी गर्न आग्रह गरे । डा. केसीले सरकारले उक्त विद्येयक कार्यान्वयनका क्रममा कुनै छलछाम र तोडमोड गरिएमा आफुहरुले कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन वाध्य हुने चेतावनी समेत दिए ।

डा.केसीले सरकारसँग भएको सहमतिको आठौं बुँदालाई अनुमोदन गर्ने भन्ने प्रतिबद्धतालाई तत्काल पूरा गर्न समेत स्मरण गराए । डा. केसीले सरकारले माग सम्बोधन गरेर आफुलाई नियमित काममा पठाउने बिश्वास समेत उनले ब्यक्त गरे ।

उनले आफुले बसेका अनसनबाट केही पार्टीले फाईदा उठाए पनि आफू राजनीति दलको आग्रहमा अनशन नबसेको दाबी गरे । डा.केसी आफू अनशन बस्दा जुम्ला र देशका धेरै नागरिक उपचार पाउन बाट बन्चित हुनुपरेको भन्दै पत्रकार सम्मेलनमा रोएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री