शुक्रबार, १४ वैशाख २०८१

सिम टि.भीले थप्यो सात नयाँ च्यानल ,थपिएको च्यानलमा ग्राहकहरुले शुल्क तिर्नु नपर्ने

समयपोष्ट २०७५ साउन २४ गते ८:१४

डिजिटल केबल नेटवर्क सिम टि.भीले ग्राहकहरुको लागि मनोरञ्जनात्मक च्यानलहरु थप गरेको छ । कम्पनीले रमाइलो एच.डि, एक्सन स्पोर्टस् एच.डि, प्लस मुभि, जुनियर टि.भि., बलिउड बिट्स, सिने हिट्स र गुञ्जन जस्ता सात मनोरञ्जनात्मक च्यानलहरु थप गरेको हो ।

Advertisement

रमाइलो एच.डिमा नयाँ नेपाली हाँस्य श्रृंखला ( माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरिएका चर्चित हिन्दि टेलिश्रृंखला – आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुनेछन् ।

नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एच.डिमा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारण साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुनेछन् ।

प्लस मुभि च्यानलमा ग्राहकहरुले दैनिक लोकप्रिय नेपाली सिनेमाको मज्जा लिन सक्नेछन् । त्यस्तैे नेपालकै पहिलो र एकमात्र कार्टुन च्यानल जुनियर टि.भिमा कार्टुन तथा ज्ञानगुनका सामाग्रीहरु प्रसारण हुनेछन् ।

बलिउड बिट्स च्यानलमा हिन्दी सिनेमाका चर्चित गीतहरु प्रसारण हुनेछन् भने भने गुञ्जनच्यानलमा नेपालका लोक भाकाहरु प्रशारण हुनेछन् । नेपाली लोक संगीतमा रमाउने दर्शकहरुका लागि यो च्यानलले भरपुर मनोरञ्जन प्रदान गर्ने कम्पनीले जनाएको छ । च्यानल सिने हिट्समा भने ग्राहकहरुले विशुद्ध नेपाली नयाँ तथा पुराना गीतहरुको आनन्द लिन सक्नेछन् ।

प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि ग्राहकहरुलाई निःशुल्क गरिएको कम्पनीले बिहीबार बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री