शुक्रबार, ७ वैशाख २०८१

सिटिजन्स बैंकको एफपिओ भोलि बाँडफाँड हुने

समयपोष्ट २०७५ साउन २४ गते १०:१६

सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । एफपिओ शुक्रबार बिहान क्यापिटलकाे कार्यालय जमलमा बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ ।

Advertisement

बैंकले साउन १५ देखि १८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको थियो ।

बैंकले कूल ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँको एफपिओ निष्काशन गरेकोमा १३.५१५ गुणा बढी अर्थात एक अर्ब २५ करोड ३७ लाख २८ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ ।

बैंकले एक सय रुपैयाँ प्रिमियम सहित एफपिओ निष्काशन गरेकाले कूल ६२ लाख ६८ हजार ६४० कित्ता एफपिओ माग परेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री