शुक्रबार, १६ चैत २०८०

सिटिजन्स बैंकको एफपिओ बाँडफाँड,१६ हजार ३२७ जनाकाे हात खाली

समयपोष्ट २०७५ साउन २५ गते ५:४२

सिटिजन्स बैंकको एफपिओ बाँडफाँड भएको छ । बैंकले शुक्रबार ४६ हजार ३७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता कित्ता सेयर बाँडफाँड गरेको हो ।

Advertisement

एफपिओमा कूल ६२ हजार ७८२ वटा आवेदनबाट ६१ लाख पाँच हजार ६३० कित्ता सेयरका लागि आवेदन परेको थियो । त्यसमध्ये ७३ आवेदन रद्ध भएको छ ।

रितिपूर्वक आवेदन परेको ६२ हजार ७०९ जना आवेदकहरुमध्येबाट गोलाप्रथाद्धारा ४६ हजार ३८२ जनालाई १० कित्ताको दरले ४ लाख ६३ हजार ८२० कित्ता बाँडफाँड गरिएको छ । १६ हजार ३२७ जनाकाे हात खाली भएकाे छ ।

यसरी बाँडफाँड गरेर बाँकी रहेको ६ कित्ता सेयर गाेलाप्रथाबाट सेयर पाउन सफल ४६ हजार ३८२ जना आवेदकलाई एउटै समूहमा राखि न्यूनतम १ कित्ताको दरले ६ कित्ता बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ ।

बैंकले साउन १५ देखि १८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको थियो । कूल ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँको एफपिओ निष्काशन भएकोमा १३.१६ गुणा बढी अर्थात एक अर्ब २२ करोड ११ लाख २६ हजार रुपैयाँको आवेदन परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री