शुक्रबार, ७ वैशाख २०८१

शिल्पा शेट्टीलाई चुम्बन गरेर विवादमा मुछिएका नायकले अब फेरी के गरे ?

समयपोष्ट २०७५ साउन २५ गते ६:२०

हलिउड अभिनेता रिचर्ड गेरे पुनः एक पटक लाइमलाइटमा छाएका छन् । दोस्रो पटक पिता बन्न लागेको खबरले गेरेको चर्चा चलेको हो ।

Advertisement

हाल गेरेकी दोस्री श्रीमती ३३ वर्षीया एलेजेन्ड्रा सिल्वा गर्भवती छिन् । उनी सिल्वासँग चार वर्ष सम्बन्धमा रहे । त्यसपछि उनले यसैबर्ष अप्रिलमा स्पेनमा एक साधारण समारोहका बिच विवाह गरे । उनले न्यूयोर्कस्थित आफ्नो घरमा परिवारका सदस्य र साथीभाइका लागि विवाह पार्टीको आयोजना गरेका थिए ।
यसै महिनाको अन्त्यमा आफ्नो ६९ औं जन्मदिन मनाउने तयारीमा रहेको उनको पहिलो श्रीमती लोवेलसबाट १८ वर्षीया छोरा छन् । यस्तै, सिल्वाको आफ्नो पूर्व पती गोबिन्द फ्रिडल्याण्डबाट पाँच वर्षीय छोरा अलबटरे छन् । पूर्व श्रीमानसँग सम्बन्धविच्छेदको प्रक्रियाका बेला सिल्वाको भेट गेरेसँग भएको थियो ।

रिचर्ड अमेरिकी सिनेमा र टेलिभिजनका चर्चित अभिनेता हुन् जसले अहिलेसम्म थुप्रै फिल्म र टेलिभिजन शोमा काम गरेका छन् । उनी ४० वर्षदेखि अभिनयको क्षेत्रमा सक्रिय छन् । रिचर्डले आफ्नो भारत भ्रमणका क्रममा एक कार्यक्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई चुम्बन गरेका थिए जसका कारण उनी विवादमा मुछिएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री