शनिबार, ८ वैशाख २०८१

शुक्रबार राशी अनुसार यस्तो उपाय गर्नुहोस् ,धनको कहिले हुँदैन कमि

समयपोष्ट २०७५ साउन २५ गते ७:५५

शुक्रबार महालक्ष्मीको सबैभन्दा प्रिय दिन मध्ये प्रमुख दिन हो । यो दिन यदि तपाई केहि उपाय गर्नु भयो भने धनको वर्ष हुनेछ । आफ्नो घरको बाहिर चन्दन अथवा सिन्दुर ले स्वस्तिक चिन्ह बनाउनुहोस् । यसले माता लक्ष्मीलाइ आकर्षित गर्छ । साँझमा माटो या तामाको दियोमा तिलको तेलमा दिप जलाउनुहोस् । जुनसुकै पात्र भए पनि रंगी बिरिंगी फुल राखेर मुख्य द्वारको छेउमा राख्नुस अथवा घर को उत्तर या पुर्व दिशामा राख्नुहोस् । यो उपायले परिवारको मुलीको ऐश्वर्य बढ्ने छ ।

Advertisement

राशी अनुसार यी उपाय गर्नुस:

मेष : तिजोरिमा माता लक्ष्मीको चाँदीको प्रतिमा राख्नुस ब्यापारमा धन वृद्धीको योग बन्नेछ।

बृष : चाँदीको सिक्काको पुजा आजा गर्नुस सुख सौभाग्य मा वृद्धि हुनेछ।

मिथुन : चाँदीको कुनै पनि बस्तु किनेर मन्दिरमा राख्नुस।

कर्कट : माता लक्ष्मीलाई खुवाबाट बनेको मिठाई चडाउनुस जीवन सधै मिठास बनि रहनेछ।

सिंह : बैबाहिक जीवनमा सुमधुरताका लागि जीवनसाथीलाई सुनबाट बनेको कुनै पनि बस्तु गिफ्ट दिनुहोस।

कन्या : घरमा लक्ष्मी बसेको प्रतिमा राख्नुहोस।

तुला : प्रेमि अथवा प्रेमिकालाई लक्ष्मीलाई चडाएको गुलाब दिनुहोस।

वृश्चिक : देवी लक्ष्मीलाई खिर चढाएर विवाहित महिलालाई बाड्नुहोस।

धनु : ब्यबसायमा फाइदाको लागि उन्नतिको लागि चाँदीको थालि किनुहोस सम्भव छैन भने चादीको चकौर टुक्रा पनि खरिद गर्न सक्नु हुन्छ।

मकर : आफ्नो आमालाई सुन या चाँदी बाट बनेको कुनै पनि चिज उपहार दिनुहोस।

कुम्भ : धन लाभ को लागि पंचधातुबाट बनेको लक्ष्मी गणेशको प्रतिमा किन्नुहोस।

मीन: लक्ष्मी-गणेशजीलाई सेतो मिठाई चढाउनुहोस् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री