शनिबार, १५ वैशाख २०८१

प्रभु ग्रुपको “प्रभु पे” नेपालमा, युनियन पे र क्यु आर कोड मार्फत रकम तिर्न सकिने

समयपोष्ट २०७५ साउन २५ गते ८:२९

प्रभु ग्रुपले डिजिटल वालेट सेवाको सुरुवात गरेको छ । कम्पनीले बिहीबारबाट ‘वालेट अब मोबाइलमा’ भन्ने नारा सहित यो सेवाको सुरुवात् गरेको हो । सेवाको शुभारम्भ प्रभु ग्रुपका अध्यक्ष देबी प्रकाश भट्टचनले यसको प्रयोग गरि गरे ।

Advertisement

यो सेवा प्रयोग गर्न ग्राहकले सबैभन्दा पहिले यसलाई मोबाइलमा डाउनलोड गर्नुपर्ने छ । कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायतको बिल तिर्न, किनमेल, प्रभु टि भी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न, एन सि एच एल डिपोजिट गर्न यस सेवाबाट सहज हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

यसबाट अनलाइनमात्र नभई युनियन पे र क्यु आर कोड स्क्यान मार्फत समेत पैसा तिर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी प्रभु पेले नियमित ग्राहकलाई १०,००,००० रुपैयाँसम्मको दुर्घटना बिमाको सुबिधा समेत दिएको छ । यससंगै अरुलाई रिफर गरे त्यसबापत प्रत्येक रिफरमा ३० रुपैयाँ बराबरको ब्यालेन्स दिने कम्पनीले जनाएको छ । प्रभु पेमा आफ्नै अलगै च्याट सिस्टमको सुबिधा समेत रहेको छ ।

हाल प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टि भी, सुचना प्रबिधि र ब्यबस्थापन सम्बन्धि विभिन्न कम्पनीहरु सञ्चालित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री