शनिबार, १५ वैशाख २०८१

अब साँझमा फेरी लोडसेडिङ

समयपोष्ट २०७५ साउन २७ गते ५:२५

नेपाल विद्युत प्राधिकरणले आगामी ४ दिन साँझको समयमा उद्योगहरुमा लोडसेडिङ हुने बताएको छ । भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि उद्योगमा लोडसेडिङ हुने सम्भावना बढेको प्राधिकरणको भनाई छ ।

Advertisement

ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको हो । ‘हाम्रो सबस्टेशनमा पनि प्रोटेक्सन र कम्युनिकेशनको काम गर्नुपर्छ । भारततर्फ पनि प्रसारणलाइनमा सिफ्टिङको काम गर्नुपर्नेछ,’ उनले भने,’बेलुका उद्योगहरुमा २ घण्टा लोडसेडिङ हुन सक्छ ।’

धनुषामा हालै २२० केभीको ढल्केबर सबस्टेशनको निर्माण सकिएको छ । त्यसैले हालसम्म १३२ केभीमा सञ्चालनमा रहेको यो प्रसारणलाइनलाई २२० केभी क्षमता स्तरोन्नति गर्न लागिएको छ ।

यो काम सकिएपछि भारतबाट अहिले आइरहेको भन्दा १५० मेगावाट बढी बिजुली आयात गर्न सकिन्छ । नेपालले भारतबाट अहिले ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री