प्रियंकाको इन्टिमेट सिनले भरिएको एउटा गीतको चर्चा नसेलाउदै ‘कथा काठमाण्डू’ ले सार्वजनिक गर्यो अर्को गीत
समयपोष्ट
२०७५ साउन २७ गते ५:५७
चलचित्र ‘कथा काठमाण्डू’ले दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माण युनिटले ‘जुन अनि तारा…’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, र सन्ध्या केसीलगायत कलाकार देखिएका छन् । गीतको भिडियोमा सबै कलाकार जोडी बनेका छन् ।
सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । १२ असोज प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
संगीताकथा रहेको चलचित्र विजय राइले निर्माण गरेका हुन् । अष्ट महर्जनको द्वन्द्व, मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाको संगीत चलचित्रमा छ ।
प्रतिक्रिया