शुक्रबार, १४ वैशाख २०८१

नेपाल लाइफको संस्थापक शेयरको अनुपात घट्यो

समयपोष्ट २०७५ साउन २७ गते ६:३९

नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयरको अनुपात घटाउने निर्णय गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समिति बैंठकले साउन २५ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी लगतका आधारमा समानुपातिक रुपमा सेयर परिवर्तन गर्ने निर्णय गरेको हो ।

Advertisement

यससंगै कम्पनीको संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४० प्रतिशत कायम हुनेछ । यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र साधारण शेयरधनीको ३० प्रतिशत शेयर रहेको थियो ।

संस्थापक हिस्सा १० प्रतिशतले घटाउँदा करिब ४३ लाख ९६ हजार ९२८ कित्ता सर्वसाधारणमा शेयर थपिने भएको छ ।

हाल नेपाल लाइफको ४ करोड ३९ लाख ६९ हजार २८६ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चूक्ता पूँजी चार अर्ब ३९ करोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री