शुक्रबार, १६ चैत २०८०

चिलिमेको वित्तिय विवरण सार्वजनिक ,नाफा ९३ करोड ८७ लाख रुपैयाँ

समयपोष्ट २०७५ साउन २७ गते ७:०४

चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्षको बित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा ९३ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा १६ लाख ७१ हजार रुपैयाँले मात्र बढी हो ।

Advertisement

कम्पनीको गतवर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ५ करोड ५८ लाख रुपैयाँ घटेको छ । असारसम्ममा एक अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेकोमा अघिल्लो वर्ष एक अर्ब १९ करोड रुपैयाँ थियो। विद्युत बिक्री तथा अन्य आम्दानीमा ठुलो गिरावट आए पनि बैंकमा राखिएको निक्षेपको व्याज आम्दानी बढ्दा नाफामा धेरै गिरावट आएन । कम्पनीको यस्तो आम्दानी ७३ प्रतिशतले बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

प्रसासनिक खर्च र ह्रासकट्टि तर्फको खर्चमा केही सुधार आउदा अघिल्लो वर्षको नाफा टिकाउन सफल भएको छ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९६ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ। नाफामा थोरै मात्रै सुधार गरेको तर गत अघिल्लो वर्षको १५ प्रतिशत बोनस शेयर समायोजना हुँदा प्रतिशेयर आम्दानी घटेको छ । प्रतिशेयर आम्दानी २८ रुपैयाँबाट २३ रुपैयाँमा खुम्चिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री