शुक्रबार, ७ वैशाख २०८१

सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमले १२ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७५ साउन २७ गते ७:१०

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट इकाई धनीलाई १२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निणर्य गरेको हो । ओरियन्टड स्कीमले लाभांश प्रयोजनका लागि भदौ ४ गते शेयर धनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । साथै उक्त प्रतिफल वितरण पश्चात योजनाको समायोजित प्रति इकाई खुद सम्पत्तिको मूल्य १०.१४ रुपैयाँ कायम रहने पनि क्यापिटलले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री