शुक्रबार, १४ वैशाख २०८१

एक छोराका पिता नेयमार प्ले ब्वाइनै हुन् त ?

समयपोष्ट २०७५ साउन २७ गते ८:०९

ब्राजिलियन स्टाइकर नेयामर सबैभन्दा धेरै गर्लफ्रेन्ड बटुल्ने खेलाडीको सूचीमा अग्र स्थानमा छन्। हालसम्म उनको कम्तिमा १८ जना युवतीहरुसँग प्रेमसम्बन्ध स्थापित गरिसकेको बताइएको छ ।

Advertisement

१९ वर्षको उमेरमै एक छोराका पिता बनेका उनको सबैभन्दा पहिलो प्रेमिकाको सूचीमा पर्छिन्, याफेला ल्यान्सिलोटी । यद्यपी, उनीसँगको नेयमारको सम्बन्धबारे बाहिर खासै चर्चा भएन । उनकी दोस्रो प्रेमिका थिइन्, क्यारोलिना डन्टास । उनी अहिले एक छोराकी आमा हुन् । उनीहरूको भेट सन् २०१० मा भएको थियो।

त्यसपछि भने उनले फरन्यान्डो बार्रोसो, अनामरा, एन्ड्रेसा सुइटा, बार्बरा इभान्स लगायत थुप्रैसंग अफेयरमा रहे । उनका सबै प्रेम सम्बन्धमध्ये नायिका ब्रुना माक्र्विजिनसँगको सम्बन्धबाट भने उनी समस्यामा परे । त्यसपछि उनले ब्रुनासंग सम्बन्ध तोडेर चर्चित नायिका सेलेना गोमेजलगायतकासँग अफेयर चलाए।

अहिले भने फेरी उनी ब्रुनासँगको निकटता बढाउदै उनकै प्रेममा रमाई रहेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री