बुधबार, १२ वैशाख २०८१

‘दाल भात तरकारी’बाट निरुताको कमब्याक

समयपोष्ट २०७५ साउन २७ गते ८:४७

मह सञ्चारले निर्माण गर्न लागेको सिनेमा ‘दाल भात तरकारी’मा नायिका निरुता सिंह फाइनल भएकी छन् । उनी हरिवंश आचार्यको जोडीको रुपमा प्रस्तुत हुने बताइएको छ ।

Advertisement

निरुताका अलवा यस सिनेमामा वर्षा राउत,स्वस्तिमा खड्का, पुष्पल खड्का रहने लगभग निश्चित भइसकेको छ । मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन् ।

यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौँमा नै हुने बताइएको छ । सिनेमामा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, राजाराम पौडेल, मोहितवंश आचार्य, विल्सनविक्रम राईलगायतका कलाकारहरु रहनेछन् । मंसिर पहिलो सातादेखि छायांकनमा जाने यो सिनेमा अर्को वर्षको वैशाख १३ गते प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री