शनिबार, ८ वैशाख २०८१

जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता–२०७५ हुँदै

समयपोष्ट २०७५ साउन २७ गते १३:१३

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेश्नल प्याब्सन काठमाडौं जिल्लाले यही साउन २९ गते राष्ट्रिय नाँचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ ।

Advertisement

रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनायो ।

जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता–२०७५ का संयोजक गेन्द्र लामाले उक्त प्रतियोगिताबारे जानकारी दिँदै प्रतियोगिहरुलाई प्रोत्साहन र लोक संस्कृतिको जगेर्ना गर्नको लागि कार्यक्रम गर्न लागिएको बताए ।

उनले भने,‘लोक संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, पछिल्लो समयमा पश्चिमा संस्कृतिले हाम्रो संस्कृतिमाथि हमला गरिरहेको स्थिति छ, हामी सचेत हुन जरुरी छ, हाम्रो पहिचानको रुपमा रहेको लोकसंस्कृति र लोकगीत, लोक नृत्य प्रतियोगिता आयोजना गर्न जुरुरी छ, त्यसैले हामीले हामीले यो प्रयास गरेका छौं, हाम्रो प्रयासलाई सार्थक तुल्यानको लागि सबैलाई साथ दिन अपेक्षा गर्दछु ।’

प्रतियोगितामा पाँच दर्जन बढि समूहले भाग लिने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

फरक प्रसंगमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता–२०७५ का संयोजक लामाले भने,‘नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरिएको विषयमा उक्त पार्टीले २९ गतेनै बन्दको कार्यक्रमको आयोजना गर्नु भएको छ, हाम्रो यो कार्यक्रम तीन महिना पहिलेदेखिको कार्यक्रम हो, त्यसैले यसै पत्रकार सम्मेलनमार्फत उक्त दिनमा हाम्रो कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागि हुने हँुदा अवरोध नगर्नपनि आग्रह गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री