बिहीबार, ६ वैशाख २०८१

माछापुच्छ्रे बैंकको नाफा ७.०५ प्रतिशतले घट्यो

समयपोष्ट २०७५ साउन २८ गते ६:०७

नयाँ लेखा प्रणाली नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार माछापुच्छ्रे बैंकले बित्तिय विवरण सार्वजनिक गरेको छ । एनएफआरएस अनुसार बैंकले असारसम्ममा एक अर्ब २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष बैंकको खुद नाफा एक अर्ब ३९ करोड ४२ लाख रहेको थियो ।

Advertisement

बैंकको नाफा ७.०५ प्रतिशतले घटी हो । बैंकले गत आवमा ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरी ६५ अर्ब ८ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड निक्षेप संकलनगरी ५२ अर्ब ५५ करोड कर्जा लगानी गरेको थियो ।

बैंकले २ अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा दुर्इ अर्ब ३२ करोड रुपैयाँ थियो । बैंकको कर्मचारी तथा संचालन खर्च २८ करोड ४८ लाख रुपैयाँले बढेर एक अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको पूँजी कोष अनुपात १५.६० प्रतिशत छ । बैंकको खराव कर्जा स्थिर राख्दै ०.३८ प्रतिशत छ । बैंकको आधार व्याजदर ०.७७ प्रतिशत बढी ११.०६ प्रतिशत रहेको छ । बैंकको स्प्रेड दर ४.७५ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँले घटेर १५ रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री