शुक्रबार, १४ वैशाख २०८१

गोंगबु–सिनामंगल ‘रुट’मा उच्च प्रविधियुक्त बस सेवा

समयपोष्ट २०७५ साउन २८ गते १५:०२

गोंगबु–सिनामंगल ‘रुट’मा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु भएको छ ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र काठमाडौँस्थित एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा आज उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।

एशियाली विकास बैंकको दिगो शहरी यातायात परियोजनाअन्तर्गत २५‘सिटे’ १७ वटा बसबाट उक्त सेवा शुरु गरिएको छ । पुराना २६ वटा माइक्रोबस र ३५ वटा तीनपाङ्ग्रे ट्याम्पोलाई विस्थापन गरेर उक्त सेवा प्रारम्भ गरिएको जनाएको छ ।

सार्वजनिक–निजी साझेदारीको ढाँचामा परीक्षणका रुपमा थालिएको उक्त परियोजनामा नेपाल सरकारले रु ७९ करोड र बैंकले झण्डै रु एक अर्ब २३ करोड लगानी गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री