शुक्रबार, १६ चैत २०८०

टेलिसिरियलमा देखिदैँ शाहरुख

समयपोष्ट २०७५ साउन ३० गते ५:४३

कुनै बेलाको भारतीय चर्चित टेलिसिरियल ‘कसौटी जिन्दगीकी २’ को निर्माण हुने भएको छ । जसको तयारीमा जुटिसकेकी छिन् निर्मात्री एकता कपुर ।

Advertisement

समाचार अनुसार ‘कसौटी जिन्दगीकी २’ सुटिङ समेत सुरु भइसकेको छ । सिरियललाई सुरुमै चर्चित बनाउन बलिउड सुपरस्टार शाहरुख खानलाई कपुरले सिरयिलमा लिएकी छिन् ।

सिरियलको सूत्रधारको रुपमा शाहरुखले अभिनय गर्नेछन् । उनले सिरियलका पात्रहरु दर्शकलाई चिनाउनेछन् । उनलाई अघिल्ला तीन एपिसोडमा देख्न सकिनेछ । शाहरुखले ३० वर्षपछि कुनै टिभी सिरियलमा खेल्न लागेका हुन् ।

‘कसौटी जिन्दगीकी’ मा प्रमुख तीन पात्र थिए । प्रेरणा, अनुराग बशु र मिस्टर बजाज । यसपाली तीनवटै भूमिकामा नयाँ कलाकारहरु लिइएको छ । प्रेरणाको भूमिकामा एरिका फर्नान्डिसले अभिनय गर्दैछिन् भने अनुरागको भूमिकामा पार्थ समथान पक्का भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री