बिहीबार, १५ चैत २०८०

भोलि १९८० पछिको सबैभन्दा महत्वपुर्ण दिन, नागको यसरी गर्नुहोस् पूजा

समयपोष्ट २०७५ साउन ३० गते ६:०२

भोलि नागपञ्चमी हिन्दु धर्मावलम्बिीहरुको विशेष दिन । यस दिन नाग देवताको पुजा गर्नाले सबै खालका दुःख र रोग ब्यथाहरु नष्ट भएर जान्छन भन्ने धार्मिक विश्वास रहँदै आएको छ । भोलिको नागपंचमी सन १९८० पछिको सबैभन्दा महत्वपुर्ण बन्ने ज्योतिषहरुले बताएका छन ।

Advertisement

१६ अगस्ट अर्थात भोलि हस्त नक्षत्र साध्य योग एवम कन्या राशिमा चन्द्रमा रहने भएको छ । सूर्य, राहु, बुधको कर्कट राशिमा प्रवेश गर्नेछ । यस दिन विशेष विधिको उपासना गरे सर्प दोषबाट मुक्त हुन सकिने बताइएको छ ।

सबैभन्दा पहिले नाग पंचीको दिन,सर्पलाई तपाईले देवता को रूपमा पूजा गर्नुपर्छ भन्ने कुराको जानकारी हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर नुहाँउनुपर्छ अनी सुन,चाँदी अथवा तामाको नाग र नागिनको मुर्ति बनाउँनुपर्छ । मुर्ति बनाए पछि धुप,दिप नैवेद्य आदि बाट पंचोपचार वा पोडनशोपचारको उपासना गर्नुहोस् ।

यसरी पुजा गरिसके पछि सर्पको रुप धारण गरेका नाग नागिनलाई दूधले अभिषेक गर्नुपर्छ । अन्त्यमा पुजा गरे पछि नाग नागिनलाई कुनै पनि शिवलिगंमा चढाउनुपर्छ । यदि तपाई शिवपलर्गमा चढाउन सक्नुहुनन भने धातुबाट बनेको नाग नागिनलाई कुनै नदीमा लिएर बगाउन पनि सक्नहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री