बुधबार, १२ वैशाख २०८१

टाटा मोटर्सको ‘कार मेला’, ४ लाख सम्मको विषेश छुट अनि उपहारै उपहार

समयपोष्ट २०७५ साउन ३० गते ६:३२

कारका पारखीहरुका लागि नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले ‘कार मेलो’छैठो सिजनको आयोजना गर्ने भएको छ । काठमाण्डौको नक्साल स्थित नक्साल ब्यांक्वेटमा भदौ १ गते शुक्रबारबाट आयोजना गरिने मेला तीन दिनसम्म चल्ने छ । प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म चल्ने यस मेलामा ग्राहकहरुले आकर्षक अफरका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् ।

Advertisement

मेलामा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी गरिने छ । जसमा ग्राहकहरुले ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, टेस्ट ड्राइभ, अन द स्पट फाइनान्स र बिमा सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

मेला अवधिभर गाडी बुकिंग गर्ने ग्राहकहरुलाई कम्पनीले विभिन्न आकर्षक उपहारको समेत ब्यवस्था गरेको छ । ग्राहकहरुले प्रत्येक टेष्ट ड्राइभमा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेज प्राप्त गर्न सक्नेछन् । जसमा १ जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी,२ जनालाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ जनालाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स, १ जनालाई ६ महिना को निःशुल्क इन्धन रहेको छ ।

कम्पनीका अनुसार ग्राहकहरुले प्रत्येक भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथा मार्फत वासिंग कुपन अथवा फुल ट्यांक इन्धन मध्ये कुनै १ प्राप्त गर्न सक्ने जनाएको छ । साथै फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल प्राप्त गर्न सकिने छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री