बिहीबार, १३ वैशाख २०८१

मुस्ताङ्गमा माछापुछ्रे बैंकको ४ शाखा रहित बैंकिंग सेवा संचालनमा

समयपोष्ट २०७५ साउन ३० गते १०:२३

माछापुछ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखा रहित बैंकिंग सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा,कागबेनी, लेते र लोमन्थाङ्गमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

Advertisement

यससंगै बैंकको शाखा रहित बैंकिंग सेवा २५ पुगेको छ । शो शाखाबाट ग्राहकहरुले खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी,साथै कर्जा आवेदन गर्ने ब्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु, २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री