बुधबार, १२ वैशाख २०८१

व्यवसाय वृद्धी तथा शाखा विस्तारमा छलाङ्ग मार्दै ज्योति लाईफले निकाल्यो यस्तो वित्तीय विवरण

समयपोष्ट २०७५ भदौ १ गते ९:३४

दश महिना अगाडि मात्रै आफ्नो व्यवसाय शुरु गरेको ज्योति लाईफ इन्स्योरेन्सले छोटो अवधिमा नै उत्कृष्ट कार्य गर्दै गत आ.व.को चौथो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

Advertisement

कम्पनीले चौथो त्रयमासमा अल्पकालिन लगानीलाइ घटाइ दिर्घकालिन लगानीमा जोड दिएको कारणले दिर्घकालिन लगानीमा ५७ प्रतिशत वृद्धी भएको तथा अल्पकालिन लगानीमा ८५ प्रतिशतले कमी आएको छ ।

यस्तै कम्पनीको जगेडा कोष ६० प्रतिशतले वृद्धी भइ रु.११.८६ करोड पुगेको र जीवन वीमा कोष ६३ प्रतिशतले वृद्धी भइ रु.१६.०१ करोड रहेको छ ।
कम्पनीले गत आ.व. को चौथो त्रयमासमा खुद वीमा शुल्कमा १५४ प्रतिशतले वृद्धी गर्दै रु. २८.५० करोड वीमा शुल्क आर्जन गरी खुद मुनाफा गत त्रयमासको तुलनामा ६९ प्रतिशतले वृद्धि भइ रु.१०.९० करोड आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधि सम्ममा कम्पनीले १ वटा मात्रै दाबी भुक्तानीको लागि निवेदन प्राप्त भइ उक्त दाबी भुक्तानी समेत गरिसकेको देखिन्छ भने अन्य दाबी भुक्तानी गर्न बाँकी नरहेको देखिन्छ ।

समग्र व्यवसाय तथा हासिल गरेको अन्य उपलब्धीको विषयमा कम्पनी श्रोतबाट प्राप्त जानकारी अनुसार यस कम्पनीले हाल सम्म वैदेशिक रोजगार म्यादी वीमा योजना संचालन नगरेको र कुल वीमा शुल्कमा सावधिक तथा आजिवन जीवन वीमा योजना विक्रीबाट प्राप्त उल्लेखित वीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

हाल सम्ममा देशका सातै प्रदेशका विभिन्न भागमा ६६ वटा शाखा संजाल विस्तार गरिसकेको कम्पनीले स्वस्थ प्रतिस्पर्धा मार्फत व्यवसाय विस्तारमा लागेको छ ।

विमितहरुलाइ आकर्षक सुविधा तथा वीमा योजना जारी गर्ने क्रममा विभिन्न प्रकारका घातक रोग उपचार सुविधा सहितको वीमा योजना संचालन गर्ने पहिलो नेपाली कम्पनी भएको लगायत अन्य नयाँ योजना जारी गर्ने कार्य भै रहेको छ ।

कम्पनीको समग्र वित्तीय विवरण तथा अन्य सुचकांक अध्ययन गर्दा कम्पनीले हाल विद्यमान बजार अनुसार उच्च प्रतिफलमुलक दिर्घकालिन लगानीमा जोड दिएको जसको कारण बैंकिङ्ग ब्याजदरमा आउन सक्ने कमीको कारण प्रतिफलमा ह्रासको जोखिम कम रहेको, जीवन वीमा कोषमा उल्लेख्य रकम रहको र कम्पनीको खुद मुनाफा समेत राम्रो रहेको कारणले वीमितहरुलाइ दिइने बोनसदरमा सकारात्मक प्रभाव पर्ने र बोनस दर समेत आकर्षक हुन सक्ने देखिन्छ ।

साथै हाल सम्म १ वटा मात्र मृत्यु दाबी भुक्तानी परेकोले कम्पनीको जोखिम विश्लेषण विधि पनि प्रभावकारी रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले शाखा विस्तार तथा पुर्वाधार निर्माणलाइ प्राथमिकता दिइ कार्य गरेको र यस आ.व. मा ६६ वटा शाखा संजालबाट पुरा वर्ष भरी नै व्यवसाय विस्तारमा ध्यान दिन सक्ने भएकोले चालु आर्थिक वर्षमा अझ उल्लेख्य प्रगति गर्दै नयाँ कम्पनीहरु मध्ये अग्रपंक्तिमा आइ पुराना कम्पनीहरुको प्रतिस्पर्धी कम्पनी बन्ने तर्फ अग्रसर हुने विश्लेषण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री