बिहीबार, १३ वैशाख २०८१

सार्वजनिक यातायातमा स्मार्ट कार्ड

समयपोष्ट २०७५ भदौ १ गते १३:४६

साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ ।

Advertisement

नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा स्मार्ट कार्डलाई अन्य क्षेत्रमा जस्तै पेट्रोलपम्प, पसल, पार्किङ, विद्यालय तथा कलेजमा समेत प्रयोग गर्न सकिने एनक्लाउड प्रालिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्मार्ट कार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो । जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ । स्मार्ट कार्ड अन्तर्राष्ट्रियस्तरअनुरुप पैसाको सट्टा अहिलेको प्रविधिअनुसार प्रयोग गर्न सकिन्छ । यो कार्ड बसका सहचालकसँग किन्न सकिनेछ ।

दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाबाट पैसा तिर्न सकिनेछ । पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमा कार्ड ट्याप गरेर टिकट लिन सकिने छ । दोस्रो, बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ । जसमा टिकट प्रिन्ट हुँदैन र त्यो केवल कार्ड भएको ग्राहकले मात्र गर्न सक्नेछन् । कार्ड रिचार्ज गर्न र कार्डमा ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइस मात्र प्रयोग गर्न सकिने छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री