शुक्रबार, ७ वैशाख २०८१

अव फ्रि मै जोड्नुहोस् डिसहोम

समयपोष्ट २०७५ भदौ ३ गते १२:३४

डिसहोमले उपभोक्ताहरु माझ “डिसहोम फ्रि अफर” ल्याएको छ ।

Advertisement

एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ “डिसहोम फ्रि अफर” नामक योजना ल्याएको सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना २०७५ भाद्र १ गते सुरु भई सिमित अवधिको लागी लागु हुनेछ ।

नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाईजेशनको नितिले ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको डिसहोमले जनाएको छ ।

डिसहोमको जडान उपकरणहरु फ्रिमा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने कम्पनीको विश्वास छ । सेटअप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ ।

२००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय पे टीभी सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ ।

डिसहोम केहि समय अगाडि पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री