बिहीबार, १५ चैत २०८०

गृहमन्त्रीले निर्मला हत्यामा संलग्न भनिएका दुईजना खोई ?

समयपोष्ट २०७५ भदौ ८ गते १:४८

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त मनस्थिति भएका (घटनामा निर्दोष) बिष्टलाई पक्राउ गरिएको भन्दै मृतक बालिकाका परिवार, आफन्त तथा स्थानीय आन्दोलित छन् ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए ।

तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन । एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री