शुक्रबार, ७ वैशाख २०८१

शिक्षा ऐन–२०७५ ल्याउने तयारी, बन्यो यस्तो समिति

समयपोष्ट २०७५ भदौ १३ गते १४:१५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐन–२०७५ ल्याउने तयारी गरेको छ । सङ्घीय संरचनामा मुलुक गइसकेपछि मन्त्रालयले नयाँ शिक्षा ऐन ल्याउन लागेको मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

Advertisement

ऐनको मस्यौदा बनाउन सहसचिव गौतमको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । उहाँले उच्चस्तरीय शिक्षा आयोगको सुझावका आधारमा ऐन बनाइने जानकारी दिनुभयो । ‘‘अहिले ऐनको मस्यौदा बनाउन समिति मात्र गठन गरेका छाँै,’’ उहाँले भन्नुभयो, ‘‘आयोगले समेत नसमेटेको सुझावलाई हामी ऐनको मस्यौदामा समेट्ने भनेर सुझावलाई पर्खेर बसेका छौँ ।’’
ऐन बन्न कम्तीमा ६ महिना लाग्नेछ । नयाँ ऐन ल्याएसँगै नवाँै पटक संशोधन गरिएको पुरानो शिक्षा ऐन–२०२८ खारेज हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री