शुक्रबार, १४ वैशाख २०८१

 ‘म एक जात हराएको मान्छे’ गीति एल्बमको सञ्चारमन्त्रीले गरे लोकापर्ण

समयपोष्ट २०७४ भदौ २५ गते १३:४४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘म एक जात हराएको मान्छे’ नामक गीति एल्बम लोकापर्ण गरेका छन । 

Advertisement

गायिका मीरा राणाद्वारा स्वर र संगीतबद्ध एल्बम मन्त्री बस्नेतले लोकापर्ण गरेका हुन । लोकापर्ण गर्दै उनले संस्कृतिको जगेर्ना गरेमात्र राष्ट्र बन्ने भन्दै संगीतको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । 

उनले कला क्षेत्र सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा भूमिका खेल्ने भन्दै मुलुक र जनतालाई सन्देश बताए । मन्त्री बस्नेतले संविधान कार्यान्वयन नहोस् भन्नका लागि अहिले पनि केही तत्व निर्वाचन नभइदियोस् र देशमा संक्रमणकाल लम्ब्याउन खोजेको आरोप लगाए । 

राजनीतिक संक्रमणकाल लम्बिए देश दुर्घटनातिर जाने भन्दै दलीय र व्यक्तिगत स्वार्थ त्यागेर मुलुकलाई समृद्धितिर लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा गायिका राणाले गीतले स्रोतको मनमस्तिष्कमा तरङ्ग ल्याउने दाबी गरिन । कार्यक्रममा नायिका भुवन चन्द, संगीतकार दीपक जंगमलगायतले राणाका हरेक गीत मन छुने खालका रहेको बताए । 

छ वटा गीत भएको एल्बममा मीरा राणा, अञ्जु पन्त, स्वरुपराज आचार्य, निशा देशार र सविन सुवेदीले गाउनुभएको छ । छ वटामध्ये चार वटा गीतमा राणाको स्वर तथा संगीत रहेको छ । आश म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतको शब्द कृष्णबहादुर थापाले गरेका छन  भने अन्य दुई गीतका संगीत राजु सिंहले गरेका छन । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री