शुक्रबार, १६ चैत २०८०

इसेवा पसलको औपचारिक कारोबार सुरू : सर्व शुलभ मूल्यमा उच्च्तम सेवा

समयपोष्ट २०७५ भदौ १८ गते ३:३३

इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरू भएको छ । इसेवाले राजधानीमा एक कार्यक्रमको आयोजना गरि पसल सुरु भएको जानकारी गराएको हो । भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डट कम का रुपमा रि–ब्राण्डिङ गरी एफ वान सफ्ट ईन्टरनेशनलले सुरु गरेको छ ।

Advertisement

कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल एक महत्वपूर्ण कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे । उनले अबको भविष्य भनेकै अनलाइन सपिङको भएको र ग्राहकलाई सर्व शुलभ मूल्यमा उच्च्तम सेवा प्रदान गर्ने बताए ।

कम्पनीले इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ । छुट योजना अनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवा मार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यास ब्याक पाउन सक्नेछन् ।

यस्तै नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने छ । कम्पनीले किस्तावन्दीमा सामान किन्न सकिने सुविधाका साथसाथै दशै लाई मध्य नजर गरेर सामान किन्दा लक्की ड्र मार्फत आफ्ना ग्राहक लाई विभिन्न किसिम का ग्राहक उपहार योजना ल्याउने पनि जनाएको छ ।

सेवा पसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निशुल्क सामान डेलिभरी गर्ने समेत जनाएको छ । इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ, ईबैंकिङ र कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सन् २००४ बाट सञ्चालनमा आएको एफ वान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्रीवितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री