शुक्रबार, १६ चैत २०८०

‘टुर्बोग ओपन’ को भिडियो सार्वजनिक

समयपोष्ट २०७५ भदौ २५ गते ३:४०

र्यापर लाहुरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरु ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ । अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए ।

Advertisement

उनी डेनमार्कका लोकप्रिय कलाकार ‘मो’ सँग फेरि आएका छन् । उनीहरुको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्र्याक रचना भएको छ भने स्थानिय नेपाली संस्करणको लागि लाउरे र बिपुलले उनीहरुको लागि ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरु पूनःलेखन गरेका छन् ।

केही महिना सम्म स्टुडियोमा एक अर्काको विचार र धारणाहरु साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस वर्षको अभियान बारे डिप्लोले भने, “टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ ट्र«याकमा काम गरिरहेका थियां यस ट्र्याक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

त्यस्तै लाउरेले भने, “टुवोर्गले सधैं नेपालमा सांगीतिक कार्यक्रमहरु गरिरहेको छ र मैले उहाँहरुसँग केही स्थानिय कार्यक्रमहरुमा काम गरेको छु । यस पटक टुबोर्ग ओपन ले विश्वभरको सांगीतकारहरुलाई एउटा ओपन अन्तराष्ट्रिय मञ्चमा ल्याएको छ । यस अभियानबाट, बिपुल र म ओपन फर मोर का लागि टुबोर्ग इन्टरनेशनल सँग केही नयाँ रचना गर्दैछौं ।”

बिपुलले थपे, “टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरे सँगको शानदार सहकार्यमा सहभागि हुन पाउदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुल्ला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ । मेरो लागि, टुबोर्ग ओपन कोलाब्रेशन् सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग काम गर्न पायौ र टुबोर्ग ओपन मा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री